संसदीय दलको नेता चुनिएसँगै बालेन प्रधानमन्त्री बन्ने बाटो खुल्यो

बिहीबार, चैत १२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा बालेन्द्र साह (बालेन) चयन भएसँगै उनी देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) बन्ने संवैधानिक बाटोमा निर्विकल्प जस्तै भएका छन् । नेपालको संविधानको धारा ७६ (१) को व्यवस्था अनुसार बहुमत प्राप्त संसदीय दलको नेता सिधै प्रधानमन्त्री नियुक्त हुने प्रावधानले बालेनको लागि यो सम्भावना बलियो बनाएको हो । संविधानको उक्त धारामा भनिएको छ, 'राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ ।' यही कानुनलाई आधार मान्दा, बालेन रास्वपाको संसदीय दलको नेता भइसकेको अवस्थामा उनले संसदका अन्य दलहरूको बहुमत समर्थन जुटाएर राष्ट्रपति समक्ष प्रधानमन्त्रीका लागि दाबी पेश गर्न सक्छन् । यस्तो अवस्थामा संसदमा छुट्टै चुनाव गरिरहनु पर्दैन, केवल बहुमत सदस्यको समर्थनको हस्ताक्षर पर्याप्त हुन्छ । स्वपाले आफ्ना नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणलगत्तै बालेनलाई दलको नेता चयन गर्ने तयारी गरेसँगै अब प्रक्रिया राष्ट्रपति भवनतर्फ पुगेको हो ।

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  १८:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार