कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन कार्यतालिका पारित गर्ने

बुधबार, चैत ११, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।  बुधबारको बैठकमा बाँकी सदस्यले धारणा राखिरहेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।  मंगलबार बसेको बैठकमा २८ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए । महामन्त्री प्रदीप पौडेलले छलफलका लागि बैठकमा हिजै विभिन्न प्रस्ताव पेस गरेका छन् ।  प्रस्तावमा समसामयिक, सुशासन स्थापना गर्न हाम्रो साथ, सक्रियता र सुझाव, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, १५औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनलगायत ११ बुँदा समेटिएका छन् । बैठकमा समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनको बारेमा छलफल भइरहेको उनले बताए । यसैगरी, प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण, क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान, प्रदेश सरकार र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिता, भ्रातृ सङ्घ, शुभेच्छुक संस्था र जनसम्पर्क समिति सम्बन्धमा, केन्द्रीय लेखा समिति गठन र विविध विषयमा छलफल भएको उनले बताए । बैठकमा १८ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १३:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार