प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

बुधबार, चैत ११, २०८२

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सांसद केसीलाई शपथ गराएका हुन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् । ज्येष्ठ सदस्य केसीले प्रतिनिधि सभामा निर्वाचित सांसदलाई बिहीबार पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ । प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित भएका छन् । केसी नेपाली काँग्रेसको तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १२:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार