संविधान संशोधनका लागि उपसभापति पुष्पा भुसालकाे संयोजनमा काँग्रेसले गठन गर्‍यो आन्तरिक सुझाव समिति

मंगलबार, चैत १०, २०८२

काठमाडौं । नेपाली काँग्रेसले संविधान संशोधनसम्बन्धी सुझाव संकलन र मस्यौदा तयारीका लागि आन्तरिक समिति गठन गरेको छ । पार्टीका अनुसार उक्त समितिको संयोजन उपसभापति तथा वरिष्ठ अधिवक्ता पुष्पा भुसाललाई दिइएको छ । यसअघि पनि केन्द्रीय कार्यसमिति बैठकबाट यस्तो समिति गठन गर्ने निर्णय भए पनि कार्यान्वयन हुन नसकेको सन्दर्भमा पुनः सोही अवधारणालाई अघि बढाइएको जनाइएको छ । नयाँ संरचनाअन्तर्गत गठित समितिलाई पार्टीभित्र तथा बाह्य सरोकारवालासँग परामर्श गर्दै संविधान संशोधनका सम्भावित विषयहरूमा मस्यौदा प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ । तयार प्रतिवेदन पार्टी नेतृत्वसमक्ष पेश गरिने र त्यसका आधारमा आगामी नीतिगत निर्णय लिने प्रक्रिया अघि बढाइने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार