सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौ । नेपाली काँग्रेसले गौरी बहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । पार्टीको जारी केन्द्रीय समिति बैठकमा जेन जेड आन्दोलनसम्बन्धी घटनाको अध्ययनका लागि गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय उठेपछि यस्तो निष्कर्ष निकालिएको हो । उक्त आयोगको नेतृत्व पूर्वन्यायाधीश गौरीबहादुर कार्की ले गरेका थिए । महामन्त्री प्रदीप पौडेलका अनुसार आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्वभित्र पर्ने विषय भएकाले त्यसका लागि पार्टीले औपचारिक रूपमा ध्यानाकर्षण गराउने छ । भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिनका लागि सरकारले आयोग गठन गरेको थियो । आयोगले करिब छ महिनाभन्दा बढी समय लगाएर प्रतिवेदन तयार गरी सरकारसमक्ष बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक गरिएको छैन । उक्त प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहित विभिन्न पक्षबाट दबाब बढ्दै गएको सन्दर्भमा काँग्रेसले पनि यस विषयलाई प्राथमिकताका साथ उठाउने जनाएको छ ।