प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश

आइतबार, चैत ८, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मत परिणाम समेटिएको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश गरेको छ । आयोगका पदाधिकारीहरू आइतबार बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् । प्रतिवेदन बुझाउन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी सहित आयुक्त डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउत सहभागी थिए । उक्त अवसरमा गृह र कानुन क्षेत्रसँग सम्बन्धित मन्त्रीहरूको उपस्थिति रहेको थियो । निर्वाचनसम्बन्धी आधिकारिक प्रतिवेदन सरकारलाई बुझाइएसँगै निर्वाचनपछिको संवैधानिक तथा प्रशासनिक प्रक्रियाले औपचारिकता पाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १८:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार