इनिशा विक हत्या प्रकरणः दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

शनिबार, चैत ७, २०८२

काठमाडौं । सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । लामगादे पौडेल वंश समाज केन्द्रीय समिति, नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति लगायत विभिन्न नागरिक समाजका अगुवाहरूको सहभागितामा बृहत् धर्ना कार्यक्रम गरिएको हो । प्रदर्शनकारीहरूले दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् । विरोध कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले राज्यले यस्ता घटना दोहोरिन नदिन प्रभावकारी रूपमा काम गर्नुपर्ने बताएका छन् । उनले भने, ‘भोलीको दिनमा यो खालको मुद्धा लिएर सडकमा आउन नपर्ने गरी अव राज्य सक्षम हुनुपर्छ । हामी हिजो पनि यही विषयमा सडकमा ४५ दिनसम्म आन्दोलनमा थियौँ । भोलीको दिनमा पनि यस्तो खालको आन्दोलन गर्न नपर्नेगरी सरकारले काम गर्न पर्नेछ । भोली बन्ने सरकारको सदस्यको नाताले हिजो सडकमा र अब सदनमा यो मुद्दा उठाइनेछ । सधैँ यो समुदायले घृणा र पीडा सहन सक्दैन ।’

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  १८:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार