इद पर्वले आपसी सद्भाव र एकताको भावना अझ सुदृढ बनाउने प्रधानमन्त्री कार्कीकाे विश्वास

शनिबार, चैत ७, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले इद उल फित्रको अवसरमा देश-विदेशमा रहेका सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना व्यक्त गरेकी छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत शनिबार प्रधानमन्त्री कार्कीले शुभकामना व्यक्त गर्दै इद उल फित्रले आपसी सद्भाव र एकताको भावना अझ सुदृढ बनाउने विश्वास रहेको बताइन् । उनले लेखेकी छन,‘रमजानको महिना दिन लामो एवं कठिन व्रतले हामीलाई सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिन्छ । त्यही पवित्र महिमाकै कारण रमजानको रोजा बस्ने यस समयलाई सत्कर्म र संयमको महिना पनि भनिएको हो । यी मूल्यहरूले हाम्रो समाजलाई मानव मूल्यको महसुस, सहअस्तित्व र समृद्धिका लागि प्रेरणा प्रदान गर्छन् । इद उल फित्रले आपसी सद्भाव, भाइचारा र एकताको भावना अझ सुदृढ बनाउने विश्वास लिएकी छु ।’ उनले यस पर्वले नेपालीबिच आपसी सम्मान, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्दै राष्ट्रको समृद्धि र स्थायित्वमा योगदान पुर्‍याओस् भन्ने कामना समेत गरेकी छन् ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  ०९:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार