निर्वाचन आयोगले आज राष्ट्रपतिलाई निर्वाचनको समग्र प्रतिवेदन बुझाउने

बिहीबार, चैत ५, २०८२

काठमाडौं । निर्वाचन आयोगले आज निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ । आयोगले आज बिहान ११:३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने भएको हो । गत फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएपछि आयोगले आज बेलुकी ५:३० बजे आयोगको केन्द्रीय कार्यालयस्थित मिडिया सेन्टरको हलमा पत्रकार सम्मेलनको आयोजना समेत गरेको छ । आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने जनाइएको छ ।

 

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  ११:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार