भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिइने

बुधबार, चैत ४, २०८२

काठमाडौं । निर्वाचन आयोगले भोलि समानुपातिक सांसदहरूलाई प्रमाण पत्र दिने भएको छ । आयोगका अनुसार समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूले बिहीबार बिहान साढे ११ बजे निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्ने कार्यक्रम तय भएको छ । उक्त कार्यक्रम आयोगको प्रांङगण कान्तिपथमा हुनेछ। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएको थियो । समानुपातिकतर्फ ११० जना निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ १६५ जना निर्वाचित भएका थिए। प्रत्यक्षतर्फ निर्वाचित भएकाहरूले यसअघि नै प्रमाण पत्र पाइसकेका छन्। सांसदहरूको शपथ भने चैत १२ गते गर्ने तयारी छ ।

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार