सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने सांसदहरूको नामावली सार्वजनिक गरेको छ । आयोगले सोमबार साँझ समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने ११० जना सांसदहरूको सूची सार्वजनिक गरेको हो । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा दलहरूले पेस गरेको सूची बमोजिम निर्वाचित भएकाहरूको विवरण सार्वजनिक गरिएको आयोगले जनाएको छ । प्रतिनिधिसभामा २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने प्रावधान छ । सार्वजनिक सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट ९, श्रम संस्कृति पार्टी र राप्रपाबाट चार चार जना सांसद निर्वाचित भएका छन् । गत फागुन २१ गतेको निर्वाचनमा समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मतदान भएकामा १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएका थिए ।