रास्वपाले संसद्को अभ्यासबारे आफ्ना सांसदलाई प्रशिक्षण दिने 

सोमबार, चैत २, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदलाई अभिमुखीकरण प्रशिक्षण दिने भएको छ ।  चैत ३ र ४ गते ललितपुरको ग्वार्कोस्थित एक होटलमा अभिमुखीकरण प्रशिक्षण दिइने भएको छ ।  फागुन २१ को निर्वाचनबाट रास्वपाका १२५ सांसद प्रत्यक्ष निर्वाचित भएका थिए भने आइतबार ५७ जना समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा पठाएको छ ।  रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा सहभागी हुने सांसदका लागि ७ बुँदे निर्देशन पनि जारी गरेका छन् । प्रशिक्षण आवसीय हुनेछ भने कार्यक्रम हलमा सहभागी हुने सांसदले मोबाइल प्रयोग गर्ने पाउने छैनन् । ‘कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध हुनेछ,’ उनले जारी गरेको सूचनाको दोस्रो नम्बरमा उल्लेख छ ।  त्यस्तै कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाका लागि पनि निषेध गरिएको छ। परिवारका सदस्य, साथी वा अन्यलाई पनि कार्यक्रम भएको होटलमा नबोलाउन रास्वपाले निर्देशन जारी गरेको छ । सांसदहरूले कार्यक्रम स्थलमा परिवारका सदस्य वा अन्य व्यक्तिसँग भेटघाट र फोटो खिच्नसमेत पाउने निषेध गरिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  २०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार