राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्याल सिफारिस

सोमबार, चैत २, २०८२

काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । ‘श्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभाको रिक्त सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ,’गृहमन्त्री अर्यालले निर्णय सुनाउँदै भने । त्यस्तै जेनजी आन्दोलनको क्रममा भएको घट्ना जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गर्नेगरी मन्त्रिपरिषद्ले ग्रहण गर्ने पनि निर्णय भएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  ०६:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार