रास्वपा सचिवालय बैठक भोलि बस्ने

शनिबार, फागुन ३०, २०८२

काठमाडौँ । आज (शनिबार) बस्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबारका लागि सारिएको छ ।  सभापति रवि लामिछानेको स्वास्थ्य अवस्थाका कारण यसअघि आज बस्ने भनिएको सचिवालय बैठक भोलि बिहानका लागि सारिएको जनाइएको छ ।रास्वपाका प्रवक्ता मनिष झाका अनुसार पार्टी सभापति लामिछानेको निर्देशनबमोजिम सचिवालय बैठक चैत १ गते आइतबारका लागि सारिएको हो । सचिवालय बैठक आइतबार बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय (वनस्थली, काठमाडौँ) मा बस्ने छ । बैठकको कार्यसूचीमा समानुपातिक सांसद सिफारिस र विविध छन् । निर्वाचन आयोगले तोकिएको सिट संख्याका आधारमा ३ दिनभित्र समानुपातिक सांसदका लागि नाम छनोट गरी पेस गर्न भनी गत बिहीबार दलहरूलाई पत्र पठाएको छ । यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष १२५ र समानुपातिक ५७ गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२ सिट जितेर एक्लै सरकार गठन गर्दै छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  १२:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार