काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्दै 

शनिबार, फागुन ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि चैत्र १ गते बस्ने भएको छ । आइतबार दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने उक्त पार्टीले जनाएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने विषयमा छलफल गरी निर्णय हुने का.वा. मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

WhatsApp-Image-2026-03-14-at-12.07.29-1773469867.jpeg
 

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार