ओलीका पिताको निधनमा काँग्रेस सभापति थापाद्वारा दुःख व्यक्त

शुक्रबार, फागुन २९, २०८२

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।  सभापति थापाले आज सामाजिक सञ्जालमार्फत पूर्व प्रधानमन्त्री ओलीका पूजनीय पिता मोहनप्रसाद ओलीको आज भएको निधनको दुःखद खबरले आफूलाई मर्माहत बनाएको बताए । उनले स्वर्गीय मोहनप्रसादको आत्माको मोक्ष प्राप्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । सभापति थापाले यस कठिन क्षणमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार