सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फ चयन हुने सांसदहरूको नाम आइतबार निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ । पार्टीका महामन्त्री गुरुराज घिमिरेका अनुसार बन्द सूचीमा समावेश भएका उम्मेदवारहरूबाट समावेशी समूह (क्लस्टर) मिलाएर नाम पठाउने विषयमा आन्तरिक छलफल भइरहेको छ । उनले हालसम्म अन्तिम रूपमा पठाइने नाम टुंगो लागि नसकेको जानकारी दिए । घिमिरेका अनुसार पार्टी अहिले समानुपातिकतर्फ आयोगमा सिफारिस गर्ने उम्मेदवारहरूको सूची तयार पार्ने गृहकार्यमा केन्द्रित रहेको छ । हालै सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ भने समानुपातिक मततर्फ १७ लाख ५९ हजार १७२ मत प्राप्त गर्दै ३८ सिट हासिल गरेको छ ।