३३ किलो सुनकाण्डका फरार प्रतिवादी पक्राउ 

शनिबार, साउन १६, २०७८

काठमाडौँ । तेत्तिस किलो सुनकाण्डका फरार प्रतिवादीलाई काठमाडौँको गौशालाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजे मामा भन्ने भोजराज भण्डारीलाई क्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  उनी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भएको परिसरले जनाएको छ । मोरङ जिल्ला अदालतमा मुद्दा चलेकाले उनलाई आवश्यक अनुसन्धान पछि मोरङ पठाइने प्रहरीले जनाएको छ ।

अवैधरूपमा मदिरा उत्पादन गर्ने चिनियाँ पक्राउ
यसैबीच अवैधरूपमा मदिरा उत्पादन गरी बिक्री गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२६ ठमेल बस्ने ५६ वर्षीय सी झिवीलाई प्रहरीले पक्राउ गरेको छ । चिनियाँ नागरिकले अवैधरूपमा मदिरा उत्पादन गरी बिक्री गरिरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ठमेलमा होम स्विट स्मेल होटल एण्ड रेष्टुरेन्ट सञ्चालन गरी अवैध मदिरा उत्पादन तथा बिक्री गर्ने गरेको फेला परेको प्रहरीले जनाएको छ । उक्त होटलबाट चार वटा स्टिलको मेसिन, मदिरा जम्मा गर्ने ट्याङ्की, मदिरा तौल गर्ने मेसिन, मदिरा उत्पादनमा प्रयोग हुने ८० लिटरका ११३ थान ड्रममा रहेका कच्चा पदार्थ र बिक्रीको लागि तयार पारिएको मदिरासमेत प्रहरीले बरामद गरेको छ ।
 

प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  ०७:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शनिबार, साउन १६, २०७८

आज साउनको दोस्रो सोमवार
शनिबार, साउन १६, २०७८

आज साउनको दोस्रो सोमबार 
शनिबार, साउन १६, २०७८