समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड

मंगलबार, फागुन २६, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल १ करोड ४ लाख १९ हजार २३४ मत गणना भएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार बिहान १०ः४५ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ । रास्वपाले ५० लाख  १६ हजार ६८ मत प्राप्त गरेको छ । पछिल्ला निर्वाचनहरुमा ५० लाख मत कुनै पनि दलले प्राप्त गर्न सकेका थिएनन् । ५० लाख मत कटाएर रास्वपाले नयाँ रेकर्ड गरेको छ । यसैगरी नेपाली काँग्रेसले १६ लाख ९६ हजार १५०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) ले १४ लाख १३ हजार ३१२,  नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ६९ हजार ४९०, श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४९५ मत पाएकाे छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २५ हजार ४४४ मत पाएकाे छ । 

 

 

 

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार