सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ । सोमबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति गरेर दुई समितिको बैठक बस्न लागिएको हो । आज विधायन समितिको बैठक छ वर्षे कार्यकाल समाप्त भई बिदाई भएका समिति सभापति तथा सदस्यलाई धन्यवाद ज्ञापन गरिने छ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ । साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा पदावधि समाप्त भएका समितिका सदस्यहरुसँग अनुभव आदानप्रदान गरिने छ भने बैठक बिहान ११ ः३० बजे बस्ने तय भएको छ ।