लोकप्रिय होइन नेताको मात्रै प्रिय भइएछ : गोकुल बास्कोटा

सोमबार, फागुन २५, २०८२

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफूहरू जनतामा लोकप्रिय छौँ भन्ने भ्रममा रहेको भन्दै वास्तवमा नेताको मात्रै प्रिय भएको स्वीकार गरेका छन् । प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर सामाजिक सञ्जालमा लेख्दै उनले पार्टीको संगठनात्मक ढाँचामा आएको ह्रासप्रति व्यङ्ग्य गर्दै पिरामिड जस्तो बलियो संरचनालाई फुली थप्ने लोभमा सोली जस्तो बनाइएको टिप्पणी गरे । उनले लेखेका छन्,‘नोष्टालजिक हुने गरी पार्टी जीवनका उकाली ओरालीको फ्ल्यास ब्याक पल्टाउन तयार हुनासाथ रि–भिजन, रि–थिङ्क, रि–स्ट्रक्चरिङ र रिनोभेट सामान्य रुपमै भैहाल्छ। पिरामिड थियो, फुलि थप्न सोली बनायौ । लोकप्रिय छौ भनेको नेताको मात्रै प्रिय भइएछ । समयले सुधारेन भने डाईनोसर बनिएला क्यार्नु त ? डोन्टओरी !’

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १२:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार