चुनावका लागि तीन दिन सार्वजनिक बिदा घोषणा गर्न सिफारिस

आइतबार, फागुन १०, २०८२

काठमाडौं । निर्वाचन आयोगले चुनावका लागि तीन दिन सार्वजनिक बिदा घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ ।  आयोगले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गर्न सरकार समक्ष सिफारिस गरेको हो । आयोगका अनुसार मतदान प्रक्रियामा अधिकतम सहभागिता सुनिश्चित गर्न तथा मतदाता अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले उक्त अवधिमा बिदा आवश्यक हुने निष्कर्षसहित सरकारलाई प्रस्ताव पठाइएको हो । सरकारको निर्णय अनुसार बिदा सम्बन्धी अन्तिम व्यवस्था कार्यान्वयनमा आउने छ । 
 

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार