ललितपुर–२ का स्वतन्त्र उम्मेदवार मंगल कृष्णले फिर्ता लिए उम्मेदवारी

काँग्रेसमा समाहित हुँदै प्रेमकृष्णलाई सघाउने घोषणा  
शनिबार, फागुन ९, २०८२

ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार रहेका मंगलकृष्ण श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेपाली कांग्रेसमा समाहित भएका छन् ।  श्रेष्ठले महालक्ष्मी नगरपालिका–९ लामाटारमा आयोजित घरदैलो कार्यक्रममा सहभागी हुँदै नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनलाई विजयी गराउने  प्रतिबद्धता व्यक्त गरे ।  २०७९ सालको प्रदेश सभा निर्वाचनमा ललितपुर २ (ख) बाट ५,९५४ मत प्राप्त गरी तेस्रो स्थान हासिल  गरेका श्रेष्ठले सबै मतदातालाई कांग्रेसको चुनाव चिह्न रूखमा मत हाल्न आह्वान गरेका छन् । घरदैलो कार्यक्रममा पृष्ठभूमिको रूखलाई साक्षी राख्दै उनले कांग्रेसको विजय सुनिश्चित गर्न सक्रिय भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।  संयुक्त राष्ट्र संघअन्तर्गत सुडानसहित अफ्रिकी राष्ट्रहरूमा सामाजिक सेवाको अनुभव हासिल गरिसकेका श्रेष्ठ नवप्रवर्तन, लगानी प्रवद्र्धन अभियानका अभियन्ता, सम्पदा संरक्षका रूपमा परिचित व्यक्तित्व हुन् । उनी कांग्रेस प्रवेशसँगै ललितपुर क्षेत्र नं. २ मा नेपाली कांग्रेसको विजय अन्तर अझ फराकिलो हुने आंकलन गरिएको छ । केही दिन अघि अभियन्ता मंगलकृष्ण श्रेष्ठसँग भएको भेटमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी दिनहरूमा अझ प्रभावकारी ढंगले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार