सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेका कारण आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भू–भाग तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी र बागमती प्रदेशको तराईका साथै मधेश प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक बादल लागेको छ । तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो लागेको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु–कुहिरो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भू–भाग तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । तराई भू–भागमा मौसम मुख्यतया सफा रही कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।