सामाजिक एकता र संस्कृतिको संगम : खोटाङ हलेसी सेवा समाजको वृहत् बनभोज सम्पन्न

मंगलबार, फागुन ५, २०८२

काठमाडौं । खोटाङ हलेसी सेवा समाज वि.सं. २०६७ साल फागुन ११ गते स्थापना भई काठमाडौंको काडाघारीमा केन्द्रीय कार्यालय सञ्चालन गर्दै आएको छ । हाल समाजमा २६७ घरधुरी खोटाङे सदस्य आबद्ध रहेका छन् । संस्थाका संस्थापक अध्यक्षहरू गोविन्द भट्टराई, कर्णराज कटुवाल र गणेश बस्नेतको नेतृत्वबाट सुरु भएको समाज हाल अध्यक्ष इन्दा थापाको नेतृत्वमा सक्रिय रूपमा अघि बढिरहेको छ । पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक कर्णराज कटुवालको मार्गदर्शनमा समाजले स्वास्थ्य शिविर, रक्तदान, आर्थिक सहयोग, सम्मान कार्यक्रमलगायत विभिन्न सामाजिक गतिविधिहरू निरन्तर सञ्चालन गर्दै आएको छ। यसैक्रममा खोटाङ कलाकार समाज काठमाडौंसँगको सहकार्यमा काठमाडौंको दक्षिणकालीमा वृहत् बनभोज कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमबारे जानकारी समाजका महासचिव सुरेन्द्र कटुवालले दिएका हुन् । करिब ३५० भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा लोकसंगीत तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । सोही अवसरमा The Voice of Nepal सिजन–७ को टप–४ मा पर्न सफल गायक सागर संसार राईलाई बधाई ज्ञापन गर्दै “सागर संसार राई जिताऊ अभियान” का लागि रु. ९०,००० आर्थिक सहयोग संकलन गरिएको महासचिव कटुवालले जानकारी दिए । कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगी, कलाकार तथा सहभागीप्रति अध्यक्ष इन्दा थापा र सल्लाहकार संयोजक कर्णराज कटुवालले धन्यवाद व्यक्त गरेका थिए । 

WhatsApp-Image-2026-02-17-at-11.35.03-1771307672.jpeg
 

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार