सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बंगलादेशमा आज नयाँ सरकार गठन हुँदैछ । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले आज प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन् । फेब्रुअरी १२ मा सम्पन्न भएको आम निर्वाचनमा बीएनपीले २०९ सिट जित्दै गठबन्धनसहित २१२ सिटमा दुई तिहाइ बहुमत हासिल गरेको थियो । तारिक रहमानको शपथग्रहण समारोह भव्य रूपमा आयोजना गरिएको छ । शपथ कार्यक्रममा १२ सय स्वदेशी तथा विदेशी अतिथिहरू सहभागी हुने अपेक्षा गरिएको छ । समारोह राजधानी ढाकास्थित संसद भवनको साउथ प्लाजामा आयोजना हुनेछ । राष्ट्रपति मोहम्मद शहाबुद्दिनले नयाँ मन्त्रिपरिषद्का सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ ।