महाशिवरात्रीमा थुप्रिएका फोहोरमैला सफागर्दै सफाईकर्मीहरु

सोमबार, फागुन ४, २०८२

काठमाडौं । महाशिवरात्रीको अवसरमा पशुपति नाथ क्षेत्रमा थुप्रिएको फोहोरमैला क्रिएसनद्धारा परिचालन गरिएका सरसफाईकर्मीहरुले सरसफाई गर्न बिहानैदेखि खटेका छन । क्रिएसन नेपालले सफा गरौं अभियान अन्तर्गत महाशिवरात्री पर्वको अवसर पारेर गत करिब पाँचसय भन्दा बढी सफाईकर्मी तथा स्वयंसेवक परिचालन गरी वृहत सरसफाई गरेका छन । हिजो शिवरात्रीको अवसरमा पनि पशुपतिनाथ क्षेत्रभित्र बढी फोहोरमैला संकलन हुने ठाँउमा करिब पाँच सय भन्दाबढी सरसफाईकर्मीहरु बिहानदेखि बेलुकासम्म सरसफाई गरेका थिए । दि कोकालाकोला फाउण्डेसनको सहयोगमा क्लाइमेट स्मार्ट सिटिज परियोजना अन्तर्गत क्रिएसन नेपालले सन्चालन गरेको सफा गरौं अभियान अन्तर्गत पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा सरसफाई कार्यक्रम सन्चालन गरिएको क्रिएसन नेपालका कार्यक्रम निर्देशक सुजाता कोइरालाले बताइन । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ क्षेत्रभित्र दर्शनार्थीहरुको लाखौंको संख्यामा घुईंचो लाग्ने भएको हुँदा फोहोरमैलालाई सरसफाई कार्यका लागि निजी क्षेत्रमा कार्यरत सफाईकर्मीहरुसँग मिलेर अभियानको रुपमा सफा, पवित्र र हरित शिवरात्री अभियान सन्चालन गरिएको क्रिएसन नेपालका महासचिव रोशना सुवेदीले     बताइन । सरसफाई अभियान अन्तर्गत करिब पाँच सयको संख्यामा रहेका सफाईकर्मी तथा  स्वयंसेवकहरुले लगातार तिन दिन सम्म पशुपतिक्षेत्रमा सरसफाई गतिविधि सन्चालन गर्ने क्रिएसन नेपालका कार्यक्रम निर्देशक सुजाता कोइरालाले जानकारी गराइन । उक्त अवसरमा कोकाकोला फाउण्डेसनले महाशिवरात्रीको अवसरमा आउने दर्जन गर्न आउने दर्शनार्थी तथा भक्तजनहरुका लागि निःशुल्क रुपमा कोकाकोला कम्पनीका विस हजार बोतल जिरो सुगर उत्पदानहरु वितरण गरेका थिए । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ क्षेत्रलाई केन्द्रमा राखी जिम्मेवार फोहोरमैला व्यवस्थापन तथा नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सफा गरौं अभियान सञ्चालन गरिएको क्रिएसनले जनाएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ क्षेत्रलाई सफा, स्वच्छ र मर्यादित राख्ने लक्ष्यसहित सञ्चालन गरिएको यस अभियानले दिगो सरसफाइ संस्कृतिको विकासमा योगदान पुर्याउने विश्वास क्रिएसनकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले व्यक्त गरिन् । क्रिएसन नेपालले ‘क्लाइमेट स्मार्ट सिटिज’ परियोजनामार्फत सहरी क्षेत्रमा दिगो व्यवस्थापन, फोहोर न्यूनीकरण तथा स्वच्छ वातावरण निर्माणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

WhatsApp-Image-2026-02-16-at-8.30.26-AM-(4)-1771220388.jpeg
 

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार