सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । पश्चिम नवलपरासी प्रहरीले आवश्यक अनुसन्धानका लागि उपस्थित गराइदिन पर्सा प्रहरीलाई पत्रचार गरेपछि प्रहरीले बिहीबार अग्रवाललाई नियन्त्रणमा लिएको हो । पर्सा प्रहरीका प्रवक्ता डीएसपी मनोजित कुँवरले अग्रवाललाई नियन्त्रणमा लिएर नवलपरासी पठाइएको जानकारी दिए । सरकारले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चारवटा सुगर मिल सञ्चालकलाई पक्राउ गरी ठगीमा कारबाही अघि बढाउन स्थानीय प्रशासन र प्रहरीलाई निर्देशन दिएको थियो । गृह मन्त्रालयले अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिज प्रालि सर्लाही, इन्दिरा सुगर मिल एन्ड एग्रो प्रालि, लुम्बिनी सुगर मिल पश्चिम नवलपरासी तथा श्रीराम सुगर मिल रौतहटका सञ्चालकलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । लुम्बिनी सुगर मिलले उखु किसानलाई दिन बाँकी रहेको ९ करोडमध्ये १ करोड ३६ लाख रुपैयाँ भुक्तानी गरिसकेको दाबी गरेको छ ।