सोसल मिडिया
Contact Us
युनिकोड
हेटौंडा । आज देशभर श्रद्धा र भक्तिभावका साथ महाशिवरात्रि पर्व मनाइँदैछ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको मध्यरातमा पर्ने यस पवित्र पर्वमा आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ । हेटौंडा-४ स्थित भुवनेश्वर मन्दिर मा आज बिहानैदेखि दर्शनार्थीहरूको बाक्लो उपस्थिति देखिएको छ । श्रद्धालुहरू नदी, कुण्ड तथा तलाउमा स्नान गरी मन्दिर पुगेर पूजा–अर्चनामा सहभागी भएका छन् । भक्तजनले दूध, बेलपत्र, धतुरो लगायत भगवान् शिवका प्रिय वस्तु चढाई व्रत बसेका छन् । यद्यपि हेटौंडामा रहेको पशुपति मन्दिर मा भने शिवरात्रिका दिन पनि साधु–बाबाहरूको उपस्थिति देखिएको छैन । सामान्यतया शिवरात्रिमा साधुहरूले धुनी जगाई भजन–कीर्तन गर्ने तथा भाङ्ग, धतुरो र गाँजा सेवन गर्ने चलन रहे पनि यस वर्ष त्यस्तो दृश्य देख्न नपाइएको स्थानीयले बताएका छन् । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूका लागि विशेष महत्व राख्ने यस पर्वलाई शिव उत्पत्ति भएको पवित्र रातका रूपमा लिइन्छ । शिव पुराण लगायतका धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि चार प्रमुख रात्रिमध्ये यो एक महत्वपूर्ण रात्रि हो । धार्मिक मान्यताअनुसार यस दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि प्राप्त हुने र यमलोक जानु नपर्ने विश्वास छ । भगवान् महादेवलाई जाडो हुने जनविश्वासका आधारमा घर–घर, चोक तथा मठ–मन्दिरमा दाउरा संकलन गरी धुनी जगाउने तथा सोही आगोमा प्रसाद तयार गरी ग्रहण गर्ने परम्परा पनि जीवित छ । दीनदु:खी र कष्टपूर्ण जीवनयापन गरिरहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान्