नेकपाबाट निर्वाचित कार्यपालिका सदस्यसहित कम्युनिष्ट युवा नेता कांग्रेस प्रवेश 

शुक्रबार, फागुन १, २०८२

पार्टी प्रवेश गर्ने अधिकांश युवाहरूले कांग्रेसभित्र देखिएको नेतृत्व परिवर्तन र सुशासनप्रतिको प्रतिबद्धताबाट प्रभावित भएर आफूहरू समाहित भएको बताएका छन् । निर्वाचनको मुखमा गोदावरी क्षेत्रका स्थापित युवा शक्ति र जनप्रतिनिधिहरू कांग्रेसमा ध्रुवीकृत भएसँगै यस क्षेत्रमा कांग्रेसको चुनावी पल्ला भारी भएको राजनीतिक विश्लेषण गरिएको छ।
 

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका कार्यपालिका सदस्य बिना नगरकोटीसहित कम्युनिस्ट पार्टीका विभिन्न तहका नेताहरू कांग्रेसमा समाहित भएका छन् । गोदावरी नगरपालिका वडा नम्बर २, विशंखुनारायणमा आयोजित एक कार्यक्रमका बीच उनीहरूलाई नेपाली कांग्रेसका तर्फबाट ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार उदयशमशेर राणाले माला र टीका लगाएर पार्टीमा स्वागत गरे ।  पार्टी प्रवेश गर्नेहरूमा दलित वडासदस्य उम्मेदवार निता बिसुङ्खे , विशंखु नारायण खानेपानीका अध्यक्ष राजन विष्ट र स्थानीय समाजसेवी दिनेश विष्ट रहेका छन् । नवप्रवेशीहरूलाई स्वागत गर्दै उम्मेदवार राणाले गोदावरीका विभिन्न वडाहरूबाट जनप्रतिनिधि र स्थापित नेताहरू नै कांग्रेसमा आएकाले आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरे । कार्यक्रममा बागमती प्रदेशका सांसद मीनकृष्ण महर्जनले देशैभरि कांग्रेस प्रवेशको लहर चलेकाले कांग्रेसलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने धारणा राखे ।  पार्टी प्रवेश गर्ने अधिकांश युवाहरूले कांग्रेसभित्र देखिएको नेतृत्व परिवर्तन र सुशासनप्रतिको प्रतिबद्धताबाट प्रभावित भएर आफूहरू समाहित भएको बताएका छन् ।

WhatsApp-Image-2026-02-13-at-15.38.18-1770977914.jpeg
 

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार