आजको मौसम : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लाग्ने

शुक्रबार, फागुन १, २०८२

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण शुक्रबार बिहान तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो लागेको छ । यस्तै, महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्नेछ र बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ । आज राती भने तराई भू–भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु÷कुहिरो रहने महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल र बाँकी भू–भागमा आंशिक बादल लाग्ने समेत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  ०७:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार