रास्वपाका वरिष्ठ नेता बालेन आज सर्लाही जाँदै

बुधबार, माघ २८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) आज (बुधबार) बिहान सर्लाही जाँदै छन् । सर्लाही भ्रमणका क्रममा वरिष्ठ नेता साहले जिल्लाका विभिन्न स्थान हुँदै यात्रा गर्ने कार्यक्रम तय भएको छ । पार्टीका जिल्ला नेताहरुका अनुसार उनी लालबन्दी, हरिवन, बरथवा हुँदै रौतहट प्रवेश गर्ने छन् । त्यस्तै, सर्लाही – ४ मा साहले हुलाकी सडकखण्ड हुँदै गडहिया चौक, छतौना, खैर्वा बजार, –बहुअर्वा, बैरिया, सिसौट बजार हुँदै मानपुर, पिपराभिता, हजरिया हुँदै बरहथवा बजारतर्फ लाग्ने जनाइएको छ । भ्रमणका क्रममा उनले स्थानीय समस्या, विकास र समसामयिक राजनीतिक विषयमा अवलोकन तथा भेटघाट गर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार