कांग्रेसले बनायो केन्द्रीय अनुशासन समिति

आइतबार, माघ २५, २०८२

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले पार्टीको केन्द्रीय अनुशासन समिति गठन गरेको छ। आइतबार बसेको कार्यसम्पादन समितिको भर्चुअल बैठक मार्फत कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको नेतृत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको हो।समितिको सदस्यमा धना खतिवडा तथा सुवासकुमार पोखरेल तोकिएका छन् । कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) अनुसार ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गरिएको कांग्रेसले जनाएको छ । सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री गुरुराज घिमिरेले प्रस्तावहरू पेश गरेका थिए। बैठकले उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको “नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–२०८२” र “नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–२०८२” लाई संशोधनसहित पारित गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका हुन्। आजको बैठकमा उपसभापति पुष्पा भुसालसहित सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, डिला संग्रौला, मुक्ताकुमारी यादव, उदयशमशेर राणा, योगेन्द्र चौधरी र प्रवक्ता देवराज चालिसेले धारणा राखेका थिए।

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १७:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार