सोसल मिडिया
Contact Us
युनिकोड
दोलखा। जेनजी अगुवा तथा दोलखाबाट संघीय संसदका स्वतन्त्र उम्मेदवार महेन्द्र खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीलाई समर्थन गर्ने घोषणा गरेका छन् । दोलखामा आयोजित कार्यक्रममा खड्काले परिवर्तनका लागि जिम्मेवार, अनुभवी र भरोसायोग्य नेतृत्व आवश्यक रहेको भन्दै शिवाकोटीलाई समर्थन गर्ने निर्णयमा पुगेको बताए। ‘यो समर्थन कुनै बाध्यता होइन, हृदयबाटै गरेको नमन हो,’उनले भावुक शब्दमा भने । खड्काले आफू राजनीतिमा आएको उद्देश्य व्यक्तिगत पदका लागि नभई वास्तविक परिवर्तनका लागि भएको स्पष्ट पार्दै भने, ‘हामी सक्छौँ। परिवर्तन सम्भव छ। तर त्यसका लागि सही व्यक्ति र सही नेतृत्वलाई साथ दिनुपर्छ ।’ दोलखाको समग्र विकास, सुशासन र युवाको भविष्य सुरक्षित गर्न अजयबाबु नै उपयुक्त उम्मेदवार भएको उनको धारणा छ । उनले युवाहरूलाई भावनामा होइन, विवेक र जिम्मेवारीका आधारमा निर्णय लिनुपर्ने समय आएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, समावेशी राजनीति र स्थायित्वका लागि अजयबाबुलाई समर्थन गरेको बताए ।