कांग्रेसको मधेस सभा जनकपुरधाममा फागुन ६ गते हुने 

आइतबार, माघ २५, २०८२

जनकपुर । नेपाली कांग्रेसको मधेस सभा जनकपुरधाममा हुने भएको छ । शनिबार बसेको नेपाली कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले आगामी फागुन ६ गते मधेस सभा जनकपुरधाममा आयोजना गर्ने निर्णय गरेको हो ।  पार्टीको प्रदेश कार्यालय थापा चौक जनकपुरधाममा बसेको बैठकले जनकपुरधामस्थित तिरुहुतिया गाछीमा मधेस सभा आयोजना गर्ने निर्णय गरेको कांग्रेस मधेस प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए । बैठकले सभाको प्रचार–प्रसारको जिम्मेवारी गुप्तालाई तथा मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी मधेस सभाको समग्र तयारी, व्यवस्थापन तथा संगठनात्मक विषयमा व्यापक छलफल गर्दै सभालाई प्रभावकारी र सफल बनाउन मधेस प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट लाखौँ सहभागीहरू बोलाउने निर्णय गरिएको छ । उक्त सभामा कांग्रेस केन्द्रीय सभापति गगनकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । त्यस्तै केन्द्रका पदाधिकारीहरूको समेत उपस्थिति रहने प्रचार प्रसार विभाग प्रमुख गुप्ताले बताए ।  कांग्रेसले सातै प्रदेशका मुख्य सहरहरूमा सभा गरी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीको प्रचार प्रसार गर्ने भएको हो ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  ०८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार