सोसल मिडिया
Contact Us
युनिकोड
नखिपोट (ललितपुर) । नेपाली कांग्रेस ललितपुर महानगर १४ नं. वडा इकाई समितिले ललितपुर क्षेत्र नं. ३ मा काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार जितेन्द्र कुमार श्रेष्ठलाई विजयी गराउने विषयमा पार्टीका बरिष्ठ नेताहरूको उपस्थितिमा क्रियाशील सदस्य तथा शुभेच्छुकहरूसँग छलफल गरेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा ललितपुर–३ का नेपाली कांग्रेसका उम्मेदवार श्रेष्ठलाई बिजयी गराउने विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । वडा कार्य समितिका सभापति अमृत जंग महतको सभापतित्वमा आयोजित उक्त भेटघाट तथा छलफल कार्यक्रममा पार्टीका निवर्तमान केन्द्रीय सदस्य मदनबहादुर अमात्य प्रमुख अतिथि थिए भने राष्ट्रिय सभा सदस्य जीतजंग बस्नेत विशेष अतिथि रहेका थिए । छलफलमा काँग्रेसका नेता तथा कार्यकर्ता एक जुट भएर ललितपुर–३ नं. क्षेत्रका उम्मेदवार श्रेष्ठलाई विजयी गराउनु पर्नेमा जोड दिइएको थियो । पार्टी सभापति तथा ललितपुर–३ का उम्मेदवार जितेन्द्र कुमार श्रेष्ठलाई निर्वाचनमा विजयी गराउन क्रियाशिल एवं शुभ चिन्तक भेला आयोजना गरिएको इकाई सभापति अमृतजंग महतले जानकारी दिए । क्रियाशिल एवं शुभ चिन्तक भेलामा उम्मेदवार श्रेष्ठ, पार्टीका निवर्तमान केन्द्रीय सदस्य मदनबहादुर अमात्य, सांसद जीतजंग बस्नेत, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, नेपाली काँग्रेस ललितपुरका कार्यवाहक सभापति सुदर्शन घिमिरे, इकाई सभापति अमृतजंग महत लगायतले निर्वाचन र नेपाली काँग्रेसको भूमिका बारेमा मन्तव्य व्यक्त गरेका थिए ।