सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । भोलि (आइतबार) बिहान ८ः३० बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको जुम बैठक बोलाइएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको जुम बैठक २०८२ माघ २५ गते आइतबार बिहान ८ः३० बजे बस्ने भएको छ,’ उनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन परिचालन निर्देशिका २०८२, नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका ०८२, केन्द्रीय अनुशासन समिति गठनलगायतका एजेन्डामा छलफल हुने उनले जानकारी दिए ।