राष्ट्रिय सभाको बैठक बस्दै, सामाजिक सञ्जाल विधेयक फिर्ता हुँदै

शुक्रबार, माघ २३, २०८२

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज (शुक्रबार)राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने र नयाँ विधेयकहरूमाथि छलफल गर्ने तयारी गरिएको छ ।
बैठकको सुरुमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्याहरूको अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यसैगरी, आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ’सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछिन् । साथै, उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको हैसियतमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ’राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्नेछिन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार