प्रदेश प्रमुखले लिए शपथ

बुधबार, साउन १३, २०७८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले आज शीतल निवासमा आयोजित कार्यक्रममा शपथ लिएका हुन् ।  उनीहरूलाई सरकारको सिफारिशमा राष्ट्रपतिले मङ्गलबार नियुक्त गरेकी थिइन् । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षलगायतको उपस्थिति थियो ।
 

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  २०:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार