सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले राष्ट्रपतिको जापान भ्रमणको क्रममा विभिन्न क्षेत्रमा आपसी हितलाई अभिवृद्धि गर्ने गरि सहयोग अगाडि बढाउने विषयमा छलफल भएको बताएका छन् । बुधबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा राष्ट्रपतिको जापान भ्रमणको बारेमा जानकारी दिदैँ उनले भ्रमणका क्रममा दुई देशबीच व्यापार लगानी, मानव संघ साधन विकास स्वास्थ्य, कृषि, पूर्वाधार विकासलगायत विभिन्न क्षेत्रमा आपसी हितलाई अभिवृद्धि गर्ने गरि सहयोग अगाडि बढाउने विषयमा छलफल भएको बताए । उनले भने, ‘दुई देशबीच व्यापार लगानी, मानव संघ साधन विकास स्वास्थ्य, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति र पर्यटन जस्ता क्षेत्रमा आपसी हितलाई अभिवृद्धि गर्ने गरि सहयोग अगाडि बढाउने विषयमा छलफल भयो ।’ यस्तै, उनले भ्रमणमा राष्ट्रपतिले नेपालको प्राथमिकताको क्षेत्रहरुमा जापानी लगानी आकर्षित गर्ने र दुई पक्षिय व्यापार एंव पर्यटन विस्तार गर्ने ठूलो सम्भावना रहेको बताउदैँ जापानमा बसोबास गरिरहेको नेपालीहरुको यस क्षेत्रमा महत्वपूर्ण भूमिका रहने उल्लेख गरेको समेत बताए । राष्ट्रपतिले नेपाल र जापानबीच पारस्परिक सम्मान, विश्वास, समझदारी र सहयोगमा आधारित सौहार्दपूर्वक सम्बन्ध रहेकामा खुसी व्यक्त गरेको पनि उनको भनाई छ ।