सोसल मिडिया
Contact Us
युनिकोड
ह्वाइट हाउस (अमेरिका) । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग एउटा व्यापार सम्झौताका लागि आफू सहमत भएको बताएका छन् । सहमतिअनुसार अमेरिकाले भारतीय सामानहरूमाथि लगाउँदै आएको २५ प्रतिशत ट्यारिफमा कटौती गरी १८ प्रतिशत कायम हुने छ । सामाजिक सञ्जाल 'सोशल ट्रूथ' मा गरेको एउटा पोस्टमा ट्रम्पले जनाएअनुसार भारतले अमेरिकी सामानमा लगाउँदै आएको ट्यारिफ शून्यमा झार्ने छ भने रुसँग तेल किन्ने कार्य पनि बन्द गर्ने छ । दिल्लीले रुससँग तेल खरिद गर्न अस्वीकार गरेपछि अमेरिकाले लगाएको २५ प्रतिशत अतिरिक्त शुल्क पनि हटाइने उनले जनाए । करिब दुई दशकयताको प्रयासमाझ भारत र युरोपेली सङ्घ ईयूबीच एउटा महत्त्वपूर्ण व्यापार सम्झौता भएको एक साता पनि नबित्दै ट्रम्पले भारतसँगको व्यापार सम्झौताबारे यो घोषणा गरेका हुन् ।
ट्रम्पले अरू के भने अमेरिकासँग सहमति हुँदा आफू 'हर्षित' भएको मोदीले सामाजिक सञ्जाल ुएक्सुमा लेखेका छन् । मोदीसँग बिहान भएको टेलिफोन कुराकानीमा व्यापार र रुस(युक्रेन युद्धका विषय समेटिएको ट्रम्पले आफ्नो पोस्टमा उल्लेख गरेका छन् । 'उनी रुसबाट तेल खरिद बन्द गर्न र अमेरिका अनि सम्भवतः भेनेजुएलाबाट अझ बढी तेल किन्न सहमत भएका छन्,' ट्रम्पले लेखेका छन् । मोदीको आग्रहमा व्यापार सम्झौताका लागि आफू तत्कालै सहमत भएको उल्लेख गर्दै ट्रम्पले त्यसअनुसार अमेरिकी ट्यारिफ घट्ने छ र भारतीय ट्यारिफ तथा 'नन-ट्यारिफ ब्यारिअर' घटेर शून्यमा झर्ने छ । त्यसका साथै ट्रम्पका अनुसार मोदीले अमेरिकाबाट ५०० अर्ब डलर बराबरका ऊर्जा, प्रविधि, कृषि र कोइला उत्पादनसहितका सामग्री खरिद गर्ने प्रतिबद्धता जनाएका छन् । अमेरिकाले भारतमाथि गत अगस्टमा ५० प्रतिशत ट्यारिफ लगाएपछि दुई देशबीचको व्यापारिक सम्बन्धमा तिक्तता उत्पन्न भएको छ। त्यो एशियाली देशमाथि लगाइएको सबैभन्दा बढी ट्यारिफ थियो । त्यसबाहेक रुसबाट भारतले तेल आयात गर्ने गरेकोमा अमेरिकाले अतिरिक्त २५ प्रतिशत शुल्क लगाउँदै आएको छ।
सहकार्यका अवसर ह्वाइट हाउसका एक अधिकारीले रुसी तेल आयातसँग सम्बन्धित भारतमाथि लगाइएको ट्यारिफ हटाइने र अरू ट्यारिफ घटाएर १८ प्रतिशत पुर्याइने पुष्टि गरे । 'यो गज्जबको घोषणाका लागि एक अर्ब ४० करोड जनताको तर्फबाट राष्ट्रपति ट्रम्पलाई एकदमै धन्यवाद,' मोदीले एक्समा लेखेका छन् । 'जब दुई ठूला अर्थतन्त्र र विश्वका ठूला लोकतान्त्रिक देशहरू मिलेर काम गर्छन् तब त्यसले हाम्रा जनतालाई फाइदा पुर्याउँछ र लाभ हुने पारस्परिक सहकार्यका व्यापक अवसरहरू ल्याउँछ,' मोदीले भनेका छन् । ट्रम्पका ट्यारिफहरू कार्यान्वयनमा आएपश्चात् भारतको अमेरिका निर्यातमा व्यापक गिरावट आएको छ । दिल्लीस्थित अधिकारीहरूले ट्रम्प ट्यारिफबाट प्रभावित अरू देशहरूसँग साझेदारी गर्न खोजिरहेका छन् । सोही प्रयासअन्तर्गत भारत र ईयूबीच गत साता एउटा व्यापार सम्झौता भयो, जसअनुसार दुई पक्षबीच लगभग सबै सामानहरूमा न्यून कर लाग्ने छ ।