कांग्रेसले खटायो १६५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय नेता

मंगलबार, माघ २०, २०८२

काठमाडौं ।  नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूलाई जिताउन भन्दै केन्द्रीय नेताहरूलाई खटाएको छ । पार्टीले फागुन २१ गते हुने निर्वाचनका लागि सातै प्रदेशका ७७ जिल्ला र १६५ निर्वाचन क्षेत्रमा पुग्ने गरी केन्द्रीय नेताहरूलाई जिम्मेवारी दिएको हो । उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले उनीहरूलाई जिम्मेवारी दिएको हो ।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १६:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार