७६ उम्मेदवार समानुपातिक सूचीबाट हटाइए

सोमबार, माघ १९, २०८२

काठमाडौं । निर्वाचन आयोगले विभिन्न कारण देखाएर ७६ जना उम्मेदवारलाई समानुपातिक सूचीबाट हटाएको छ ।  आयोगले नेपाली कांग्रेसका रामसुन्दर महरा, नेकपा एमालेका दलबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उर्मिला चौधरीलाई समानुपातिक सूचीबाट हटाएको हो । कांग्रेसका महारा गत निर्वाचनमा प्रदेश सभाको समानुपातिक सूचीमा रहेका थिए । त्यस्तै, एमालेका गुरुङ पनि गत निर्वाचनमा प्रदेश सभाको समानुपातिक सूचीमा रहेको आयोगले जनाएको छ । रास्वपाकी चौधरीलाई भने पार्टीले नै हटाउन नै लेखी पठाएको थियो ।  यसरी हटाएका नाममा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका सबैभन्दा बढी आठ जना छन् । श्रम संस्कृति पार्टीले नै उनीहरूको नाम हटाउन लेखी पठाएको थियो । 

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  २०:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार