सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । इरान–अमेरिकाबीच तनाव बढ्दै गएपछि नेपालले आफ्ना नागरिकका लागि सतर्कता अपनाउन ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै इरान भ्रमण स्थगन गर्न आग्रह गरेको हो । मन्त्रालयले इरानको वर्तमान अवस्था सामान्य नभएसम्म त्यसतर्फ नजान सल्लाह दिँदै हाल त्यहाँ कार्यरत वा बसोबास गरिरहेका नेपालीहरुलाई समेत सुरक्षित तवरले चाँडोभन्दा चाँडो देश छोड्न आग्रह गरेको छ । इरानस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयमा केही संख्यामा नेपालीहरू कार्यरत रहेको अनुमान गरिएकाले उनीहरूको सुरक्षालाई लिएर सरकारले चिन्ता व्यक्त गरेको छ । यसैगरी, परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीहरूलाई आफ्ना राहदानी (पासपोर्ट), यात्रा अनुमति पत्र, र परिचयपत्र जस्ता कागजातहरू सुरक्षित र सहजै भेटिने स्थानमा राख्न निर्देशन दिएको छ । आपत्कालीन अवस्थामा उद्धार कार्यलाई सहज बनाउन र पहिचान सुनिश्चित गर्नका लागि यस्ता कागजात तयारी अवस्थामा राख्नुपर्ने मन्त्रालयको भनाइ छ ।