सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड दुई लाख ६६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २१ हजार ८२२ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख ६६ हजार ६७४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २९९ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४८ हजार ७३८ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९८ लाख ६० हजार २८० व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ५७ हजार ६६५ सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टामा मात्र कोरोना सङ्क्रमित २१ हजार ४३० जना कोरोना मुक्त भएका छन् । भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार ६७७ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र २१ जनाको मृत्यु भएको छ । भारतमा कोभिड¬¬–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ५२३ जनाको मृत्यु भइसकेको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर १७ करोड २० लाख १८ हजार ४९ को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ । भारतमा बुधबार एकै दिनमा ११ लाख २७ हजार २४४ जनाको कोरोना भाइरस नमूना परीक्षण भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको जानकारी दिएका छन् ।
कोभिडका पाँच जना नयाँ सङ्क्रमित भेटिए
भारतमा कोभिड–१९ का नयाँ स्वरुपका सङ्क्रमित भेटिएको बताइएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा हालैमात्र पाँच जना नयाँ सङ्क्रमित भेटिएको समाचारमा जनाइएको छ । योसँगै भारतमा कोभिडका नयाँ सङ्क्रमितको संख्या कम्तीमा पनि २५ जना पुगेको समाचारमा जनाइएको छ । उनीहरुलाई स्वास्थ्य सुविधा रहेको आइसोलेसन वार्डमा राखिएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी गराएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । कोेभिड–१९ को यो नयाँ स्वरुपको भाइरस सबैभन्दा पहिला बेलायतमा भेटिएको हो । बेलायतमा देखिएको यो नयाँ भाइरसपछि बेलायतमाथि विश्वका दर्जनौँ देशले यात्रा प्रतिबन्ध लगाएका छन् । भारत सरकारले पनि गत हप्तामात्र बेलायतबाट भारतमा र भारतबाट बेलायतमा हुने हवाई उड्ययनमा प्रतिबन्ध लगाएको बताएको थियो । यसअघि र यो पछिल्लो पटक देखिएका यी सङ्क्रमितका बारेमा भने भारतले केही सूचना दिएको छैन । उनीहरुलाई सरकारले नै स्वास्थ्यकर्मीको सहयोगमा आइसोलेसनमा राखेको बताइएको छ । –सिन्ह्वा