सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण कार्य सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय ‘दलित पञ्चैबाजा समूह’ ले दुईकोठे बाजाघर निर्माण गरेको हो । भवन निर्माणका लागि मालिका गाउँपालिकाले ५ लाख र वडा नं. ७ ले ३ लाख सहयोग गरेको उक्त वडाका अध्यक्ष टक बहादुर पुनले जानकारी दिएका छन् । बाँकी नपुगेको रकम भने समूहले आफै संकलन गरेको पनि उनको भनाई छ । भवन २०७७ सालका पहिरोपीडितका लागि बिम–मालिका सङ्घको सहयोगमा खरिद गरिएको एकीकृत बस्तीको जग्गामा निर्माण गरिएको हो ।