सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा जापानमा आयोजना हुने औपचारिक कार्यक्रममा सहभागिता जनाउन राष्ट्रपति रामचन्द्र पौडेल जापान जाने भएका छन् । राष्ट्रपति पौडेलको नेतृत्वमा रहने प्रतिनिधिमण्डलको जापान भ्रमणका लागि बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ। सरकारका अनुसार उक्त भ्रमण माघ १८ देखि २१ गतेसम्म रहनेछ । सरकारले जानकारी दिएअनुसार यो भ्रमण नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यसहित तय गरिएको हो ।