प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

बिहीबार, माघ १५, २०८२

काठमाडौं । सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ ।  बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी फागुन १ देखि लागू हुनेगरी रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको हो ।  सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले भने, ‘ मन्त्रिपरिषद् बैठकले २०८२ फागुन १ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ ।’ यस्तै बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ १८ देखि गर्ने जापान भ्रमण स्वीकृत गरेको छ । राष्ट्रपति पौडेल नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी माघ १८–२१ गतेसम्मको भ्रमणमा जान लागेका हुन् ।
 

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  १८:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार