हिउँले सेताम्मे बाजुराको कालाजग्रा–पोरखेगढी क्षेत्र

बिहीबार, माघ १५, २०८२

बाजुरा । बाजुराको पर्यटकीय स्थल कालाजग्रा–पोरखेगढी यतिवेला हिउँले ढाकिएको छ । बडीमालिका नगरपालिका र बुढिनन्दा नगरपालिकाको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रा–पोरखेगढी सेताम्य हिउँले ढाकिएको छ । पोरखेगढि अहिले पुरै हिँउको तन्नामा सुतिरहेको देखिन्छ । वरपरको रमाइलो दृश्य,सेताम्य भएका हँसिला डाँडापाखा,सेताम्य हिँउसंगै नाँचिरहेको प्रकृति निकै सुन्दर अनि रमणीय छ । सिरसिरे चिसो, ठण्डा हावापानीले अहिले उक्त पर्यटकीय क्षेत्रमा अत्याधिक जाडो हुने गरेको छ । हिउँको घर बनाउन,हिउँमा चिप्लेटी खेल्न र रमाइलो गर्नको लागी आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका छन् । कालाजग्रा पोरखेगढीको थप पर्यटन,प्रबद्र्धन गर्न सकेको खण्डमा आर्थिक उपार्जनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  १७:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार