सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बुद्ध एयरले हुस्सु र कुहिरोका कारण काठमाडौं विमानस्थल बन्द गरेको छ । बुद्ध एयरले हुस्सु र कुहिरोका कारण उडान हुन समस्या आएपनि यात्रुहरूको सुरक्षाको लागि काठमाडौं विमानस्थल बन्द गरेको हो । विमानस्थल खुल्न अझै केही समय लाग्ने बुद्ध एयरले जानकारी गराएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवतरण रोकिएको छ । भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका विमानस्थलहरुमा आज बिहानका उडान डिले भएका छन् । काठमाडौंबाहेक विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार पनि खुल्न बाँकी रहेको छ । यस बाहेक अन्य सबै विमानस्थल सञ्चालनमा रहेका छन् ।जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो परेको पानीका कारण हुस्सुकुहिरो लागेको हो । वाष्पीकरणका बेला माथिल्लो वायुमण्डलको तापक्रम चिसो भएकाले पानीका साना साना कण तल धकेलिएर जमिनमै रोकिँदा हुस्सुकुहिरो लागेको हो । यो अवस्था दिउँसोदेखि क्रमश: हटेर जाने मौसमविदले बताएका छन् ।